+
+

रेडियो नेपालले अस्वीकृत गर्‍यो ११ जनाको दरखास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते ८:३७

५ फागुन, काठमाडौं । रेडियो नेपालले गत कात्तिक २६ गते प्रकाशित गरेको खुल्ला र आन्तरिक प्रतियोगिताको विज्ञापनमा आवेदन दिएका ११ जनाको दरखास्त फारम अस्वीकृत गरेको छ ।

शैक्षिक योग्यता, ३५ वर्ष उमेर हद र अनुभव नमिलेको भन्दै खुल्लाका १० र आन्तरिकका १ जना उम्मेदवारको दरखास्त अस्वीकृत गरिएको रेडियो प्रशासन महाशाखा प्रमुख वद्रिविशाल तण्डुकारले जानकारी दिए ।

दरखास्त अस्वीकृत भएकाहरुमा इन्जिनियर तह ७, प्राविधिक सहायक, बरिष्ठ कार्यक्रम सहायक, कार्यक्रम अधिकृत, सम्पादक, सहसमाचार वाचक र सम्वाददाता पदका उम्मेदवारहरु छन् ।

यसैगरी आन्तरिक प्रतियोगिताबाट बढुवा गर्न दरखास्त आह्वान गरिएको विज्ञापनमा पनि एकजनाको आवेदन अस्वीकृत भएको छ ।

सिराहाको लहान–९ घर भएका अच्युतम कुमार पोखरेलको शैक्षिक योग्यता नमिलेको भन्दै दरखास्त अस्वीकृत गरिएको रेडियो नेपालले जनाएको छ ।

पोखरेलले बरिष्ठ प्राविधिक अधिकृत, तह ७ मा बढुवाका लागि दरखास्त दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?