+
+

सलमान खानको रोकिएको नेपाल टुर वैशाख ३ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते ११:४०
बलिउड अभिनेता सलमान खान । फाइल तस्वीर

५ फागुन, काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको केही वर्ष अगाडि रोकिएको नेपाल कन्सर्ट वैशाख ३ गते हुने भएको छ । यसका लागि सलमानसहित बलिउड कलाकारहरु नेपाल आउने पक्का भएको छ ।

लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल ल्याउनका लागि ओडीसीले रकम समेत भारत पठाइसकेको थियो । तर तत्कालीन समयमा भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कार्यक्रम नगर्न धम्की दिएपछि आयोजकले अन्तिम समयमा सलमानको टुर रद्द गरेको थियो ।

सलमानसँग भएको कुराकानीमा पैसा फिर्ता दिन भन्दा पनि कार्यक्रम नै गर्ने सहमति भएको आयोजकले बताएको छ । वैशाख ३ गते काठमाडौंको दशरथ रंगाशालामा सलमानको भव्य कन्सर्ट आयोजना हुने बताइएको छ । उनको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक प्रभु देवा, अभिनेत्री ज्याकलिन फर्नान्डेज, कार्यक्रम होस्ट मनिष पल, कलाकार आयुश शर्मा, गायक गुरु रन्धावा लगायतको टोली नेपाल आउनेछ ।

यसअघि सलमानका भाइ सोहिल खान नेपाल आएर सुरक्षा र सलमान बस्ने होटलको विषयमा जानकारी लिएर गएका थिए । आयोजकले सलमानको टुरले कोरोना महामारीका कारण सुस्ताएको नेपालको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?