+
+

बियरको बोतल किन खैरो वा हरियो मात्र हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १४:४६

५ फागुन, काठमाडौं । बियर संसारको सबैभन्दा मनपर्ने पेय पदार्थमध्ये एक हो । संसारको सबैभन्दा पुरानो पेय पदार्थमा पानी र चियापछि बियर तेश्रो स्थानमा आउँछ । एक तथ्यांक अनुसार विश्वमा हरेक वर्ष झण्डै ४४ खर्ब बियरका क्यान खपत हुन्छन् ।

बियर पिउने मानिस त धेरै हुन्छन् तर आफूले रित्याउने बियरको बोतल कि त खैरो रङको हुन्छ कि त हरियो रङको मात्र भन्ने हेक्का चाहिं धेरैलाई हुँदैन । के तपाईले यी दुई रङ बाहेक अरु रङका बियरका बोतल देख्नुभएको छ ? आखिर किन बियरका बोलत केवल यी दुई रङका मात्र हुन्छन् त ? अधिकांशलाई केवल बियर बुत्याउनुसँग मात्र सरोकार हुन्छ र बोतलको रङसँग सरोकार नहुनसक्छ ।

स्मरण रहोस् प्राचीन मेसोपोटामियाको सुमेरियन सभ्यताको समयदेखि नै बियरको प्रयोग हुन थालेको हो ।तर हजारौँ वर्षअघि बियरको पहिलो कम्पनी चाहिं प्राचीन मिश्रमा खुलेको थियो । त्यसबेला बियरको प्याकिङ पारदर्शी काँचको बोतलमा हुन्थ्यो ।

पारदर्शी काँचको बोतलमा बियर राख्दा सूर्यको प्रकाशमा हुने परावैजनी किरणहरुले बियरमा हुने एसिडसँग रासायनिक प्रतिक्रिया गरेर बियरलाई बिगार्ने तथ्य पत्ता लगाइयो । त्यसो हुँदा बियरमा नमिठो गन्ध आउँथ्यो ।

बियर निर्माताहरुले यो समस्या समाधान गर्नका लागि एक योजना तय गरे । जसअन्तर्गत बियर राख्नका लागि खैरो रङको पत्र भएको बोतल छानियो । त्यस्तो बोतलमा बियर राख्दा पहिले जस्तो खराब भएन, अर्थात् सूर्यको प्रकाशमा पनि बियर सद्दे नै रह्यो । किनकी खैरो रङको बोतलमा परावैजनी किरणले असर गर्दैनथ्यो ।

हरियो रङको बोतल कसरी छानियो ?

वास्तवमा दोश्रो विश्व युद्धका बेला खैरो रङका बोतलको अभाव चर्कियो । खैरो रङका बोतल कतै पनि भेटिन छाडे । त्यसपछि बियर निर्माताहरुले एउटा यस्तो रङ छनोट गरे जसमा सूर्यको किरणको खराब असर नपरोस् । त्यसपछि हरियो रङको काँचको बोतलमा पनि बियर प्याक गर्न थालियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?