+
+

२ जेठदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान सुरु गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १७:०३
फाइल तस्वीर

५ फागुन, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ (बुद्ध पूर्णिमा) देखि व्यावसायिक उडान सुरु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको उनले बताए ।

यो विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुँदैछ । क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार मात्रै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । त्यसपछी परीक्षण उडान हुनेछ । परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?