+
+

युक्रेनका राष्ट्रपतिले भने : नेटोमा आवद्ध भए मात्रै सुरक्षित हुन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १९:३५

५ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटो गठबन्धनमा आवद्ध भए मात्रै आफ्नो मुलुक सुरक्षित हुने बताएका छन् ।

जेलेन्स्कीले बीबीसीसँग कुरा गर्दै नेटो गठबन्धन र युरोपेली युनियन (ईयू)मा जोडिए मात्रै युक्रेन सुरक्षित हुने बताएका हुन् । युक्रेनलाई नेटो र ईयूको सदस्य बन्न लामो समय लाग्ने भए पनि आफूहरूसँग अन्य विकल्प नभएको उनको भनाइ थियो ।

‘नेटोले सुरक्षाको ग्यारेन्टी गर्छु, जेलेन्स्कीले भने, ‘हामीले अन्य बाटो कसरी रोज्न सक्छौं रु यो ९नेटो० हाम्रा लागि, हाम्रो स्वतन्त्रता गुम्दैन भन्ने कुराको ग्यारेन्टी हो’, जेलेन्स्कीले बीबीसीकी साहरा रेन्सफोर्डसँग कुरा गर्दै भने । नेटोमा आवद्ध हुने कुरा युक्रेनको स्वतन्त्रतासँग जोडिएको पनि उनको भनाइ थियो ।

‘यो नेटोको कुरा होइन । यो मानिसहरूको भविष्यको कुरा हो । नेटोसँग जोडिएको विषय यसको सदस्यता मात्रै होइन’, जेलेन्स्कीले थपे, ‘हामीले नेटो, ईयू र अस्थायी रुपमा अधिनस्थ क्षेत्रबारे कुरा गर्दा हाम्रो स्वतन्त्रताको कुरा गरिरहेका हुन्छौं ।’

केही समययता युक्रेनले नेटो र ईयूमा आवद्ध हुन चाहिरहेको छ । युक्रेन नेटोको साझेदार राष्ट्र पनि हो । साझेदार राष्ट्र भएकै कारण भविष्यमा उसलाई नेटोको सदस्य बन्ने बाटो खुलेको छ ।

नेटोका केही सदस्य राष्ट्रले युक्रेनलाई सदस्यता दिन नहुने बताइरहेका छन् । तर अमेरिकाले भने सदस्यता लिनबाट युक्रेनलाई रोक्न नहुने अडान राख्दै आएको छ ।

यता रुसले भने युक्रेनको उक्त इच्छाप्रति तीव्र विरोध जनाउँदै आएको छ । पश्चिमी मुलुकले युक्रेन नेटोमा आवद्ध नहुने कुराको प्रत्याभूति गर्नुपर्ने र आफ्नो माग पूरा नभए सैनिक उपाय खोज्ने चेतावनी समेत रुसले दिइसकेको छ । यही भएर जेलेन्स्कीको पछिल्लो अभिव्यक्तिले मस्को थप चिढिन सक्छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?