+
+

सामान्य प्रशासन मन्त्रालयको ६ महिनाको खर्च १२ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १९:२०

५ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ महिनामा १२ प्रतिशत मात्रै खर्च गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये मन्त्रालयले ६ वर्षमा २ अर्ब ३० करोड २४ लाख खर्च गरेको छ ।

दोस्रो त्रैमासिकसम्म मन्त्रालयले १३ अर्ब ७ करोड ३१ लाख खर्च गर्ने लक्ष्य राखेको थियो । तर कुल खर्च भने लक्ष्यको १७ प्रतिशत मात्रै भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार आफ्नो दोस्रो त्रैमासिक समीक्षा गर्दै बजेट खर्चबारे जानकारी दिएको हो ।
मन्त्रालयका प्रबक्ता बसन्त अधिकारीका अनुसार मन्त्रालयले चालु खर्चतर्फ विनियोजित भएको बजेट ४ अर्ब १ करोड ६५ लाख मध्ये १ अर्ब १ करोड ८४ लाख (२६ दशमलव २६ प्रतिशत) खर्च भएको छ । यस्तै पूँजीगत तर्फ विनियोजित ८ अर्ब ६५ करोड ६६ लाख मध्ये १ अर्ब २८ करोड ४० लाख (१४ दशमलव ८३ प्रतिशत) मात्रै खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?