+
+

फरहानले गरे शिवानीसँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १२:११

८ फागुन, काठमाडौं । बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तरले विवाह गरेका छन् । उनले मोडल शिवानी दान्डेकरसँग दोस्रो विवाह गरेका हुन् ।

फरहानको पहिलो विवाह सन् १९९८ मा हेयरस्टाइलिस्ट अधुना भववानीसँग भएको थियो । उनीहरुले बिहे गरेको १६ वर्षपछि डिभोर्स गरेका थिए । फरहान र शिवानीले आफूहरु प्रेम सम्बन्धमा रहेको पाँच वर्षपछि भव्य समारोहका बीच शनिबार विवाह गरेका हुन् ।

फरहानले आफ्ना पिता जाबेद अख्तरको खण्डलास्थित फार्महाउसमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा बलिउडकर्मीहरुको बाक्लो उपस्थिति थियो । कलाकारहरु आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरियो, राकेश ओेमप्रकाश मेहरा, रिया चक्रवर्ती लगायत विवाह समारोहमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?