+
+

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १२:३१

८ फागुन, काठमाडौं । काठमाडौं र काभ्रेबाट १५ जनालाई प्रहरीले तास र नगदसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद ३९ हजार ६६० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १ बुक तास सहित प्रहरी पक्राउ गरेको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिका-२ खनालथोक काभ्रे बस्ने गोपाल कुईकेलको गोठ घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगद २ लाख ६० हजार ५३० रूपैयाँ र १८ बुक तास सहित प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?