+
+

रणवीरसँगको सम्बन्धबारे आलिया भन्छिन्- प्रेम गरेपछि किन डराउने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १६:१२

८ फागुन, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो नयाँ चलचित्र ‘गंगुबाई काठियावाडी’को प्रमोसनमा व्यस्त छिन् । चलचित्रको प्रमोसनका क्रममा आलियाले अभिनेता रणवीर कपुरसँगको प्रेम सम्बन्धका विषयमा पनि खुलेरै कुरा गरेकी छन् ।

उनले भनिन्, ‘यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन । तपाईंको जीवनमा यस्तो मोड पनि आउँछ, जतिबेला तपाईं आफ्नो व्यक्तिगत जीवनको विषयमा कुरा गर्न चाहनुहुन्न । मलाई कसैको सम्बन्धमा छैन भनेर झुटो बोल्न आउँदैन ।’

आलियाले अगाडि भनिन्, ‘म एउटा सम्बन्धमा छु र रणवीरसँग निक्कै खुसी छु । म उनलाई गहिरो  प्रेम गर्छु । यो समयमा म एक दिलवाली युवती हुँ । ‘प्रेम गरेपछि किन डराउने ?’

आलियाले एकअर्कासँग गहिरो प्रेम भएकै कारण सम्बन्ध आजसम्म पनि चलिरहेको बताइन् । रणवीर र आलिया चार वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरु एकअर्काको परिवारसँग पनि निक्कै नजिक छन् । रणवीरकी आमा नीतु कपुर आलियालाई निक्कै मन पराउँछिन् ।

आलिया र रणवीरले चलचित्र ‘ब्रम्हास्त्र’मा एकसाथ काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?