+
+

गायिका रेखा जोशी सुदूरपश्चिममा महिनावारी सद्भावना दूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:४०
गायिका रेखा जोशी । फाइल तस्वीर

८ फागुन, धनगढी । लोक तथा देउडा गायिका रेखा जोशीलाई सुदूरपश्चिम प्रदेशका लागि मर्यादित महिनावारी सद्भावना दूतमा नियुक्त गरिएको छ । खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले जोशीलाई पाँच महिनाका लागि महिनावारी सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ ।

परियोजनाका सामाजिक तथा संस्थागत विकास विज्ञ राजु तिरुवाले जोशीलाई सुदूरपश्चिम प्रदेशमा व्याप्त छाउपडी प्रथाबारेको कुसंस्कार र अन्धविश्वास चिर्न सांगीतिक अभियान सञ्चालन गर्नेगरी दूतमा नियुक्त गरेको जानकारी दिए ।

नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सञ्चालन भइरहेको परियोजनाले अहिले पाँच महिनाका लागि सद्भावना दूत नियुक्त गरेको बताउँदै उनले आवश्यकताका आधारमा समय थप गरिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?