+
+

बेलायती महारानीलाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:५७

८ फागुन, काठमाडौं । महारानी एलिजाबेथ द्वितीयलाई कोरोना संक्रमण भएको बकिङघम दरबारले जनाएको हो ।

आइतबार बकिङघम दरबारले एक विज्ञप्ति जारी गर्दै महारानी एलिजाबेथ द्वितीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

महारानीलाई ‘सामान्य रुघाखोकी जस्ता लक्षण’ देखिएको र आउँदा हप्तादेखि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँले निरन्तर मेडिकल सेवा लिनु हुनेछ र आवश्यक सबै मापदण्ड पालना गर्नु हुनेछ’, दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत हप्ता कोरोना पोजिटिभ देखिएका जेठा छोरा एवं आफ्ना उत्तराधिकारी राजकुमार चाल्सको सम्पर्कमा आएपछि ९५ वर्षीया महारानी कोभिडबाट संक्रमित भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?