+
+

ए डिभिजन लिगमा मनाङको लगातार दोस्रो हार, एनआरटी दोस्रो स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १९:०८

८ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब लगातार दोस्रो खेल हारेको छ । १२औं चरण अन्तर्गत आइतबार भएको खेलमा मनाङ  एनआरटीसँग १–० गोलअन्तरले स्तब्ध भयो ।

दशरथ रंगशालामा एनआरटीका लागि मेसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनले २६औं मिनेटमा एरिक विष्टको फ्रिकिक उपयोग गरी बक्सभित्रबाट गोल गरेका थिए ।

जितपछि १२ खेलबाट २० अंकसहित एनआरटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान २० अंक नै भए पनि हेड टू हेडमा पछि पर्दै मनाङ तेस्रो स्थानमा झरेको छ ।

एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले महत्त्वपूर्ण तीन अंक हासिल भएकोमा खुसी व्यक्त गरे ।

हारपछि मनाङका नाइजेरियाली प्रशिक्षक फुजा तोपेले आफ्ना खेलाडीहरू पूर्ण फिट नहुनु हारको कारण भएको बताए । उनले भने, ‘दोस्रो हाफमा हामीले राम्रो खेलेका थियौं । गोल गर्न नसक्नु दुर्भाग्य रह्यो ।’

ए डिभिजन लिगमा मनाङले पाँच सिजनपछि लगातार दोस्रो हार ब्यहोरेको हो । मनाङ जारी लिगको ११औं चरणमा एपीएफसँग ३–१ गोलले पराजित भएको थियो । २०६६/०६७ को लिगमा मनाङले नेपाल पुलिस र त्रिभुवन आर्मीसँग लगातार खेलमा हार ब्यहोरेको थियो ।

त्यही सिजन एनआरटीले मनाङलाई हराएको थियो । त्यसपछि मनाङमाथि पहिलो विजय हासिल गरेको हो ।

मनाङका कप्तान अन्जन विष्ट दुई पहेँलो कार्डको प्रतिवन्धका कारण आइतबारको खेलमा टिममा थिएनन् । फरवार्ड आफिज ओलावालाई पनि दोस्रो हाफमा मात्र मैदानमा पठाइएको थियो । उनी ९०औं मिनेटमा गोलको राम्रो अवसरमा चुकेका थिए । ओलावाको हेडर बारमा लागेर फर्कँदा मनाङले बराबरी गर्ने मौका गुमाएको थियो ।

जारी सिजन मनाङको यो चौथो हार हो । मनाङ यसअघि मछिन्द्र, सातदोबाटो र एपिएफसँग पराजित भइसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?