+
+

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको शानदार जित, उवामेयाङको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते ८:०२

काठमाडौं । जनवरी ट्रान्सफर विन्डोमा आर्सनलबाट फ्रि एजेन्टमार्फत् बार्सिलोनामा अनुबन्धित भएका पिएर्रे एमरिक उवामेयाङको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ ।

भ्यालेन्सियाविरुद्ध बार्सिलोनाको शानदार जितमा फ्रेन्की डे जोङले पनि एक गोल गरे । भ्यालेन्सियाका कार्लोस सोलरले एक गोल फर्काए ।

आइतबार राति भएको यस खेलपछि २४ खेलबाट ४२ अंक जोडेर बार्सिलोना चौथो स्थानमा उक्लेको छ । समान अंक भए पनि बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पछि पारेको हो ।

बार्सिलोना एक खेल बढी खेलेको शीर्ष स्थानको रियल मड्रिड भन्दा १५ अंकले पछि छ भने दोस्रो स्थानको सेभियाभन्दा ९ अंकले पछि छ । रियल बेटिस ४३ अंकसहित तेस्रो स्थानमा छ ।

भ्यालेन्सियाको मैदान मेस्टालामा भएको खेलको २३औं मिनेटमा उवामेयाङले ला जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३२औं मिनेटमा फ्रेन्की डे जोङले उसमान डेम्बेलेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३८औं मिनेटमा गाभीको पासमा उवामेयाङले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै तीन गोलको अग्रता बनायो ।

५२औं मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलरले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । उनले ६३ औं मिनेटमा फेरि उवामेयाङले अर्को एक गोल थपेर ह्याट्रिक गर्दै बार्सिलोनालाई ४-१ को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?