+
+

७ महिनामा वीरगञ्ज महानगरको आन्तरिक आय ३५ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते ९:०५

९ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ को माघ महिनामा झण्डै ४ करोड राजश्व संकलन गरेको छ ।

माघ १ गतेदेखि २९ गतेसम्म ३ करोड ९० लाख ९६ हजार २४० रुपैयाँ ३० पैसा राजश्व संकलन गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

राजश्व शाखाका अनुसार माघ महिनामा प्रशासनिक दण्ड जरिवाना र जफतवापत एक लाख ८० हजार ५६८ रुपैयाँ २० पैसा संकलन भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा भने महानगरले ३५ करोड ३३ लाख ९५ हजार ४४६ रुपैयाँ ४ पैसा राजश्व संकलन गरेको छ । यो गत आर्थिक वर्ष ०७७/०७८ को तुलनामा ९ करोड ७८ लाख ११ हजार ८ सय ९७ रुपैया २६ पैसाले बढी हो ।

गत आवको ७ महिनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार ५९४ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

महानगरपालिकाको राजश्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म सम्पत्ति कर १० करोड ५० लाख ९३ हजार ५०५ रुपैयाँ ४८ पैसा, भूमिकर/मालपोत ६६ लाख ३४ हजार ८९५ रुपैयाँ ३८ पैसा, घर जग्गा रजिष्ट्रेशन ६ करोड ८६ लाख ५४ हजार ६९४ रुपैयाँ ३० पैसा, घर बहाल कर चार करोड १४ लाख २४ हजार ९१२ रुपैयाँ ७९ पैसा, बहाल बिटौरी कर ९ लाख ४७ हजार ६४३ रुपैयाँ ४५ पैसा संकलन गरेको छ ।

सवारी साधनमा लाग्ने कर -साना) तीन लाख ९२ हजार ५३० रुपैयाँ, पूर्वाधार सेवा उपयोगमा लाग्ने कर २० करोड ३६ लाख ८ हजार ६६ रुपैयाँ ६७ पैसा, विज्ञापन कर १४ लाख ७८ हजार ३४ रुपैयाँ अन्य मनोरञ्जन कर एक लाख ६४ हजार ५०९ रुपैयाँ ४० पैसा, व्यवसाय रजिष्ट्रेशन दस्तुर एक करोड १९ लाख ७८ हजार ५२०, अखेटोपहारमा लाग्ने कर एक करोड १२ लाख ६७ हजार ५८९ रुपैयाँ ९६ पैसा, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय एक करोड ६० लाख ५३ हजार ८९५ रुपैयाँ १३ पैसा, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने कर ७१ लाख ६६३ रुपैयाँ ७० पैसा प्राप्त भएको छ ।

विद्युत सेवा शुल्क १८५ रुपैयाँ, अन्य सेवा शुल्क एक करोड ५९ लाख ३३ हजार ९६५ रुपैयाँ ७९ पैसा, न्यायिक दस्तुर ११ हजार ७१५, परीक्षा शुल्क चार लाख १७ हजार ३८० रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क तीन लाख ६५ हजार २७०, नक्सा पास दस्तुर तीन करोड एक लाख ६४ हजार २९५ रुपैयाँ २६ पैसा, सिफारिस दस्तुर १ करोड १२ लाख ८६ हजार ७१६ रुपैयाँ ७५ पैसा, व्यक्तिगत घटना दर्ता दस्तुर १४ लाख ७१ हजार ९१३ रुपैयाँ, नाता प्रमाणित दस्तुर ६ लाख ५६ हजार ५१० रुपैयाँ ८६ पैसा, अन्य दस्तुर ३६ हजार ४२४, प्रशासनिक दण्ड जरिवानावापत १४ लाख ३८ हजार १०९ रुपैयाँ १२ पैसा र बेरुजु ५३ हजार ५००रुपैयाँ असुल भएको राजश्व व्यवस्थापन महाशाखाका अधिकृत पवन प्रधानले जानकारी दिए ।

चालु आर्थिक वर्षमा आन्तरिक आय ९५ करोड ४७ लाख ४७२ रुपैयाँ पुर्‍याउने लक्ष्य महानगरले राखेको छ ।

महानगरले कोभिड-१९ महामारीका कारण थलिएको होटल, सिनेमा हल लगायत पर्यटन क्षेत्र समेतलाई सम्पत्ति कर तिर्नुपर्ने बाँकी रहेका करदाताले आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा लाग्ने सम्पत्ती कर चैत मसान्त भित्र बुझाएमा कुल करको ५० प्रतिशत छुट र ०७७/७८ को जरिवाना समेत छुट दिने निर्णय गरेको छ ।

यसअघि पनि महानगरले पुस मसान्तसम्म सम्पत्ती कर, भूमिकर विभिन्न छुट दिनुको साथै बक्यौता बुझाउँदा जरिवानाको दर १५ प्रतिशतबाट १० प्रतिशत बनाएको थियो ।
नक्सा पास नगरी बनाएका घरको नक्सा पास गर्न आएको खण्डमा जरिवाना छुट सुविधा दिएको थियो ।

विभिन्न छुट सुविधा दिएर नागरिकलाई पुरानो बक्यौता कर तिर्न प्रोत्साहित गरिरहेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

महानगरपालिकाले नीति तथा कार्यक्रममा स्वेच्छिक सम्पत्ति घोषणा अभियान, असल करदाताको पहिचान गरी करदाता सम्मान, करको दायराब बढाउन घुम्ती टोलीको व्यवस्था गर्ने, मैले तिरेको कर मैरै टोल र नगरको विकासका लागि भन्ने भावना जागृत गराउन कार्यक्रम सञ्चालन गर्ने, फुटपाथमा व्यापार गर्नेलाई अस्थायी दर्ता प्रमाणपत्र दिने, करदाता सहयोगी डेस्क सञ्चालन गर्ने नीति लिएको थियो । यी मध्ये अधिकांश कार्यक्रमहरु कार्यान्वयन हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?