+
+

कैलालीमा कुटपिटबाट घाइते युवकको मृत्यु, पाँच जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १२:४४

९ फागुन, धनगढी । कैलालीमा कुुटपिटबाट घाइते भएका युुवकको मृत्युु भएको छ । ७ फागुनमा भएको कुटपिटमा गम्भीर घाइते भएका भजनी नगरपालिका–९ का २५ वर्षीय बसन्त चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीको आइतबार राति कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्युु भएको जानकारी दिए ।

उनका अनुसार फागुन ७ गते राति ११ बजे स्थानीयको विवाहमा नाच्ने क्रममा विवाद हुँदा चौधरीमाथि एक समूूहले कुुटपिट गरेको थियो ।

उनको कैलालीमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको थियो । कुुटपिटमा संलग्नको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको डीएसपी जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?