+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
131/5 (17.6)
Shares

इरानमा लडाकु विमान दुर्घटना, पाइलटले मानव बस्ती बचाउन आफ्नै ज्यानको आहुति दिए

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १४:२०
फाइल तस्वीर

९ फागुन, काठमाडौं । इरानमा एक लडाकु विमान दुर्घटना भएको छ । तब्रिज शहरमा भएको उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

सोमबार शहरी क्षेत्रमा भएको विमान दुर्घटनामा परी दुई जना चालक र खुला स्थलमा पार्किङ गरेर राखेको कारमा रहेका सर्वसाधारणले ज्यान गुमाएका हुन् ।

प्राविधिक समस्याका कारण तालिममा प्रयोग हुँदै आएको एफ-५ लडाकु विमान दुर्घटना भएको एक सैनिक अधिकारीले बताए ।

स्थानीय सैनिक अधिकारी रेजा युसेफीले सरकारी समाचार माध्यमसँग कुरा गर्दै प्राविधिक समस्या देखिएपछि लडाकु विमान दुर्घटना भएको बताएका हुन् । उनका अनुसार चालकले समस्या देखिएपछि विमानबाट हाम नफाली खुला स्थलमा विमान पुर्‍याएर मानव बस्ती बचाएको र आफैंलाई ‘बलिदान गरेका थिए ।

खुला स्थलमा अवतरण गर्ने क्रममा लडाकु विमान विद्यालय र कारमा ठोक्किएको थियो । ‘दुबै पाइलटले मानव बस्तीमा विमान नखसोस् भनेर आफ्नो ज्यानको आहुति दिए’, युसेफीले भने, ‘उनीहरू विमानबाट निस्कन सक्थे तर विमानमै बसेर खुला स्थलतर्फ विमान लगे ।’

मानव बस्तीलाई बचाएर आफ्नै ज्यानको आहुति दिने मृतक चालकको नाम सदेग फलाही र अलिरेजा हामिफेहजाद रहेको सेनाका एक प्रवक्ताले जानकारी दिएका छन् । अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?