+
+

किसुनजी स्मृति हाफ म्याराथन चैत १९ मा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १४:४०

९ फागुन, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को स्मृतिमा आयोजना गर्ने हाफ म्याराथन चैत १९ गते हुने भएको छ ।

संघले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार दोस्रो पटक आयोजना हुन लागेको यस म्याराथनमा महिला र पुरुष विधामा पहिलो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

दोस्रो हुनेले ३० हजार र तेस्रोले हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएकाे छ । कार्यक्रममा खेलकुद क्षेत्रमा विशेष योगदान दिने खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको संघको भनाइ छ ।

संघका अध्यक्ष दीपक गुरुङले सबैको साथ र सहयोग पाए अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउने योजना रहेको बताए ।  यस प्रतियोगिताका लागि नेपाल एथ्लेटिक्स संघबाट मौखिक रुपमा स्वीकृति पाएको गुरुङले बताए । ‘मौखिक स्वीकृति पायौं, अब संघबाट अनुमति लिखित नै आउने विश्वास छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?