+
+

एमसीसी जस्तो सहयोग आँखा चिम्लिएर स्वीकार गर्छौं : कांग्रेस प्रवक्ता महत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १५:१९

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदनमा सत्तारुढ दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘उहाँहरुले जसरी टेबल गर्न सहयोग गर्नुभयो, त्यसरी नै अनुमोदन गर्न सहयोग गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । कसरी प्रस्तुत हुनुहुन्छ, १२ गतेपछि थाहा हुन्छ ।’

सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पेश गरेको छ र संसदको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।

एमसीसी अनुमोदनका लागि सत्तारुढ दलहरुसँगै प्रमुख विपक्षीसँग पनि सम्वाद गरिरहेको भन्दै उनले सत्तारुढ गठबन्धनमा समस्या नआउने विश्वास व्यक्त गरे । प्रवक्ता महतले अघि भने, ‘कुन रुपमा सहयोग गर्नुहुन्छ हेर्न बाँकी छ, तर पास नहुने अवस्था आउँदैन ।’

पूर्व परराष्ट्रमन्त्री समेत रहेका महतले एमसीसीलाई नेपालमा अनावश्यक राजनीतिकरण गरिएको र राष्ट्रघाती भनिएको बताए । एमसीसी जस्तो सहयोग जसले दिएपनि आँखा चिम्लिएर स्वीकार गर्ने भन्दै उनले भने, ‘बीआरआईमा मैले नै सही गरेको हुँ । नेपालको हित हुने कुनै पनि सहयोगलाई स्वागत गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?