
९ फागुन, काठमाडौं । साउथ चलचित्रका अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाबीच विवाह हुन लागेको खबर भारतीय सञ्चारमाध्यममा छाइरहेको छ ।
हुन त रश्मिका र विजयले यो विषयमा केही पनि बताएका छैनन् । तर यो वर्ष उनीहरुले विवाह गर्न लागेको खबर भने सार्वजनिक भएको छ । विजय र रश्मिका केही महिनादेखि मुम्बईमा नै छन् । दुवै जना बलिउड चलचित्रमा अभिनय गरिरहेका छन् ।
विजय आफ्नो हिन्दी डेब्यु चलचित्र ‘लाइगर’मा काम गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार रश्मिकाले हालै मात्र मुम्बईमा एक अपार्टमेन्ट पनि किनेकी छन् । विजय र रश्मिका दुवै जना नयाँ वर्ष मनाउन गोवा समेत गएका थिए ।
चलचित्र ‘डियर कमरेड’मा एकसाथ काम गरेपछि यी दुवैको प्रेम चर्चा सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4