+
+

युक्रेनका राष्ट्रपति भन्छन् – एक इन्च भूमि पनि छोड्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १२:२०

१० फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरुलाई आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताएका छन् ।

पृथकतावादीको नियन्त्रणमा रहेका दुई क्षेत्रलाई रुसले स्वतन्त्र राज्यको हैसियत दिँदै सेना पठाउने निर्णय गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अरुलाई आफ्नो एक इन्च भूमि पनि नछोड्ने बताएका हुन् ।

जेलेन्स्कीले मंगलबार बिहानै टेलिभिजनमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै पछिल्लो रुसी कदमबाट आफूहरू कत्ति पनि नडराएको र अरुलाई आफ्नो भूमि नछोड्ने बताएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

पृथकतावादीको नियन्त्रणमा रहेको डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिँदै सेना पठाउने रुसको कदमले शान्ति वार्ता अवरुद्ध हुने पनि जेलेन्स्कीको भनाइ थियो । तर आफूहरू शान्ति र कुटनीतिप्रति प्रतिबद्ध रहेको पनि उनले प्रस्ट पारेका छन् ।

टेलिभिजन सम्बोधनका क्रममा जेलेन्स्कीले युक्रेन, रुस, जर्मनी र फ्रान्सका नेताबीच तत्काल आपतकालीन बैठक बोलाउनु पर्ने माग समेत गरेका छन् ।

पूर्वी युरोपमा विगत आठ वर्षदेखि सरकारी सेना र रुस समर्थित पृथकतावादीबीच लडाइँ जारी छ । उक्त लडाइँले युरोपेली युद्धको रुप लिन सक्ने भन्दै रुस र युक्रेनबीच जारी संकटलाई शान्तिपूर्ण एवं कुटनीतिमार्फत् समाधान गर्ने प्रयास भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?