
१० फागुन, काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु तथा ग्राहकहरुलाई काठमाडौंको बि.एण्ड बि. हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।
सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशतछुट हुने व्यवस्था गरिएको छ ।
बि.एण्ड बि.हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौतापत्रमा बि.एण्ड बि.हस्पिटलका तर्फबाट प्रा.डा.अशोक कुमार बांस्कोटा र नेपाल बैंककाप्रमुख कार्यकारी अधिकृत श्री कृण्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4