+
+

एमसीसी खारेजीको माग गर्दै जनमुक्ति पार्टीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १६:२१

१० फागुन, बुटवल । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको बुटवल र तिलोत्तमामा प्रदर्शन गरेको छ ।

बुटवलको राजमार्ग चौरहाबाट ट्राफिकचोकसम्म भएको प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती एमसीसी चाहिंदैन’, ‘कमिसनको लोभमा जबर्जस्ती लाद्न पाइंदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव मोजिब अलीले एमसीसी विशुद्ध आर्थिक सहयोग नभई चीनलाई घेर्ने सैन्य रणनीति भएको दावी गर्दै यसलाई पारित हुन नदिन राष्ट्रवादी दलको मोर्चा बनाएर आन्दोलन चर्काउनुपर्ने बताए ।

जनमुक्ति युवा संघका अध्यक्ष शंकर गाहाले विदेशी आर्थिक सहयोग परियोजनाहरु हालसम्म संसदमा टेबल नभएको भन्दै एमसीसीलाई जबर्जस्ती र धम्की दिएर संसदमा टेबल गर्न लगाउनुले अमेरिकाको असल नियत नरहेको बताए ।

कोणसभामा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, सचिव दिलमाया गुरुङले एमसीसीका कतिपय शर्तहरु नेपालको कानून, राष्ट्रिय हित र सार्वभौमिकता विरुद्ध रहेकाले ती बुँदाहरु संशोधन नभई पारित गर्न नहुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?