+
+

हाइग्राउन्डमा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १६:५६

काठमाडौं । सन् २०१० देखि सञ्चालनमा रहेको नेपालको पहिलो र लामो जिपलाइन हाइग्राउन्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निःशुल्क पाउने भएका छन् ।

जिपलाइन बुक गरेपछि केवलकारबाट सराङ्कोट पुगेर जिपलाइन गरी हेम्जा झर्न सकिने भएको हो । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरी २.१६ किलोमीटर पार गर्न नै ९ मिनेट लाग्छ ।

केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडेपछि सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्यसँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ ।

जिप लाइनमा विश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउन्डले पोखरामा सञ्चालन गरिरहेको विश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत सुरुवात गरेको छ ।

जिपलाइनको टप स्टेसन सराङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । विश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरी सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय ४० किमि प्रति घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?