+
+

कांग्रेसको सप्तरी सभापतिमा संस्थापन पक्षबाट यादव उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १७:०३

१० फागुन, सप्तरी । नेपाली कांग्रेसको सप्तरी जिल्ला सभापतिमा संस्थापन पक्षबाट सत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन् ।

१५ फागुनमा हुने जिल्ला अधिवेशनमा हालका जिल्ला सचिव यादवले संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सप्तरी क्षेत्र नम्बर १ का सभापति ललन गुप्ताले यादवको नाम प्रस्ताव गरे भने सभापति पदकी आकांक्षी निर्मला यादवले समर्थन गरिन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापति दिनेश यादवले घोषणा गरिएका उम्मेदवार शत्रुधनले पार्टीलाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।
जिल्लामा संस्थापन इतर पक्षले भने सभापतिको उम्मेदवार घोषणा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?