
१० फागुन, काठमाडौं । गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री केपी शर्मा सवार गाडीमा ढुङ्गा प्रहार गर्नेमाथि छानबिन गरिरहेको जनाएको छ ।
गत आइतबार निवासबाट संसद भवन आउने क्रममा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुङ्गा हान्ने तथा अवरोध गर्ने कार्य भएको भन्दै यसबारे अनुसन्धान भइरहेको गृहले जनाएको हो ।
‘फागुन ८ गते आफ्नो निवासबाट संसद भवन आउने क्रममा पूर्व प्रधानमन्त्रीज्यू चढेको सवारी साधनमा अवरोध पुर्याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको छ । त्यस्ता हिंसात्मक कार्यहरुप्रति नेपाल सरकार भर्त्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा समेत रहेका छन् ।’ गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, शान्तिपूर्ण आन्दोलनको नाममा समाजिक जीवनलाई नै अवरोध पुग्ने गरी हिंसात्मक प्रदर्शनमा केही समूह सकृय रहेको भन्दै गृह मन्त्रालयले ध्यानाकर्षण गराएको छ । पछिल्लो समय नयाँ बानेश्वरस्थित संसदलाई लक्षित गरी सांसदहरूको आवागमनमा समेत असर पुग्ने गरी अवरोध र अपमान गर्ने गतिविधिप्रति गृहको ध्यानकर्षण भएको जनाएको हो ।
आन्दोलनको नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य नगर्न गृहमन्त्रालयले आग्रह गरेको हो ।
हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति
प्रतिक्रिया 4