
१० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको १३औं तथा अन्तिम चरणका खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेसमा सञ्चालन हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिगको अन्तिम चरणको खेल हुने स्थान र समय सार्वजनिक गरेको हो । यसअघि एन्फाले खेल हुने मिति मात्र सार्वजनिक गरेको थियो ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार अन्तिम चरणको खेल फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
जसअनुसार फागुन १२ गते च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीचको खेल एन्फा कम्प्लेक्समा हुनेछ भने हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबबीचको खेल दशरथ रंगशालामा हुनेछ । दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ ।
यस्तै फागुन १३ गते जाउलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल दशरथ रंगशाला तथा ब्रिगेड ब्वाइज क्लब र थ्रीस्टारबीचको खेल एन्फा कम्प्लेक्समा हुनेछ । दुवै खेल १ बजे नै सुरु हुनेछ ।
फागुन १४ गते एनआरटी र नेपाल पुलिसको खेल एन्फा कम्प्लेक्समा दिउँसो १ बजे सुरु हुनेछ । त्यही समयमा दशरथ रंगशालामा त्रिभुवन आर्मी एफसी र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल हुनेछ ।
लिगको अन्तिम खेलमा च्याम्पियन बनिसकेको मछिन्द्र एफसी र एपीएफ एफसीबीच पौने ५ बजे दशरथ रंगशालामा त्यही दिन हुनेछ ।
मछिन्द्रले ११औं चरणमै उपाधि पक्का गरेको थियो । यस्तै यस सिजन ब्रिगेड र च्यासल रेलिगेसनमा परिसकेको छ ।
हेर्नुहोस् खेल तालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4