+
+

फेसबुकको ‘टिकटक’ १ सय ५० देशमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १३:०१

११ फागुन, काठमाडौं । टिकटकको प्रतिस्पर्धीको रुपमा हेरिएको आफ्नो शर्ट भिडियो फिचर रील्सलाई फेसबुकले विश्वका १ सय ५० भन्दा धेरै देशमा सुरुवात गरेको छ ।फेसबुकको मातृ कम्पनी मेटाले मंगलबार उक्त जानकारी गराएको हो ।

पछिल्लो त्रैमासिकको खराब वित्तिय प्रतिवेदनसँगै बजार मूल्यको झण्डै एक तिहाई गुमाएको मेटा कम्पनीले रील्सलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।

फेसबुक कम्पनीले सन् २०२० मा इन्स्टाग्राममा रील्स फिचर सुरुवात गरेको थियो भने गतवर्ष सन् २०२१ मा फेसबुकमा रील्स फिचर परीक्षणका रुपमा ल्याएको थियो । अत्यन्तै लोकप्रिय चिनिया भिडियो एप टिकटकलाई टक्कर दिनका फेसबुकले रील्सको सुरुवात गरेको हो ।

मेटाका सिइओ मार्क जुकरबर्गले मंगलबार एक फेसबुक पोष्टमार्फत् फेसबुकको तिव्ररुपमा विस्तार भैरहेको फिचरको रुपमा रहेको भन्दै अब यसलाई विश्वका सबै फेसबुक प्रयोगकर्तामाझ पूराउने बताएका छन् ।

फेसबुकका अनुसार अहिले फेसबुक प्रयोगकर्ताले सोसल साइटमा बिताउने समयको आधाजसो त भिडियोमै बिताउने गर्दछन् ।

फेसबुकले रील्समार्फत् प्रयोगकर्ताले पैसा कमाउन सक्ने फिचरको पनि घोषणा गरेको छ । जसअनुसार रील्सका सर्जकलाई बोनस दिने कार्यक्रम धेरै देशहरुमा विस्तार गरिने र रील्स प्लाटफर्मका प्रयोगकर्ताले ब्यानर तथा स्टिकरको रुपमा विज्ञापनबाट समेत पैसा कमाउन सक्ने फिचरको पनि परीक्षण भैरहेको फेसबुकले जनाएको छ । रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?