+
+

पाँचपोखरी टी-२० क्रिकेट फागुन १५ देखि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १९:४६

११ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फागुन १५ गतेदेखि हुने भएको छ ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १५ गतेदेखि २२ गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको छ।

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले नगद ७५ हजार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष टासी शेर्पाले जानकारी दिए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षका लागि तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई ६ महिनाको स्कलरसिप प्रदान गर्ने पनि आयोजकले जनाएको छ ।

विगतका वर्षहरूमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगिता पाँचपोखरी थाङ्पाल गाउँपालिकाको एक पालिका एक खेल मैदान र एक वडा एक मैदान अभियानअन्तर्गत सम्पूर्ण खेलमैदानहरू निर्माणको चरणमा रहेको अहिलेको प्रतियोगितालाई काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा गर्न लागिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?