+
+

आमा बनेपछि प्रियंका पहिलोपटक फिल्मी कार्यक्रममा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ११:५५
अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान् आयुष्मान देशराज जोशी

१२ फागुन, काठमाडौं । अभिनेत्री प्रियंका कार्की आमा बनेपछि पहिलोपटक चलचित्रको कार्यक्रममा देखिएकी छन् । छोरीलाई जन्म दिएको ६ महिनापछि प्रियंका बुधबार बेलुकी आयोजना भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा पुगेकी हुन् ।

प्रियंका श्रीमान् आयुष्मान देशराज जोशीसँग कीर्तिपुर सिनेप्लेक्समा पुगेकी थिइन् । लामो समयपछि चलचित्रको कार्यक्रममा सहभागी हुन पाउँदा प्रियंका उत्साहित देखिन्थिन् । लामो समयपछि चलचित्रको कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै प्रियंकाले चलचित्रमा चाँडै फर्किने बताइन् ।

चलचित्र क्षेत्रमा केही वर्षअघिसम्म राज गरेकी प्रियंका विवाह गरेपछि भने ठूलो पर्दामा भन्दा युट्युबमा सक्रिय छिन् ।

‘म यस्तो गाउँछु २’ हेरेपछि प्रियंकाले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिइन् । आमा बनेपछि छोरीको स्याहारमा नै बढी व्यस्त भएकाले पनि मनोरञ्जन दुनियाँमा समय कम दिनु परेको उनले बताइन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?