+
+

एप्पल स्टोरमा युवकलाई बन्धक बनाइयो, मागियो २४ अर्ब रुपैयाँको क्रिप्टोकरेन्सी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १३:०६

नेदरल्याण्डको एम्सटर्डममा घण्टौंसम्मको रस्साकस्सीपछि प्रहरीले एप्पल स्टोरमा घुसेका एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । ती व्यक्तिले एप्पल स्टोरभित्र एक युवकलाई बन्धक बनाएका थिए ।

मंगलबार राति अबेर डच पुलिसले ती अभियुक्तलाई पक्राउ गरेको हो ।

हतियार लिएका ती व्यक्तिले एप्पल स्टोरमा छिरेर त्यहाँका मानिसलाई धम्काउँदै बन्धक बनाएका थिए । स्टोरमा रहेका अन्य व्यक्ति भागेपनि एकजना युवकलाई भने बन्धक बनाइराख्न उनी सफल भए । बन्धक बनाइएका युवकमाथि बन्दुक तेर्साउँदै उनलाई मुक्त गर्नका लागि २० करोड डलरको क्रिप्टोकरेन्सी माग गरेका थिए ।

एप्पल स्टोरमा बन्दुकधारीले बन्धक बनाएको घटना मंगलबार ट्वीटर प्रयोगकर्ताहरूले घटनास्थलबाटै लाइभ स्ट्रिमसमेत गरेका थिए । घटनास्थलका तस्वीरहरू समेत सोसल मिडिया र स्थानीय मिडियाहरूमा सार्वजनिक भएका थिए । तस्वीहरूमा बन्धुकारीले एप्पल स्टोरभित्र एक युवकलाई बन्दुक तेर्साएर उभिएको देखिन्छ ।

बन्दुकधारीले बन्धक बनाएका युवकका अतिरिक्त एप्पल स्टोरमा अन्य चारजना व्यक्ति पनि फसेका थिए । झण्डै पाँच घण्टासम्म यो सिलसिला जारी रह्यो । त्यसपछि बन्धक बनाइएका व्यक्ति स्टोरबाट बाहिर भाग्न सफल भए ।

बन्दुकधारीले ती युवकलाई पछ्याउँदै दौडिंदा कारसँग ठक्कर खाएर लड्न पुग्यो । कारसँग ठोक्किएसँगै अभियुक्त बेहोस भएको थियो । त्यसपछि प्रहरीले एक रोबोट पठाएर उक्त व्यक्तिको शरीर खानतलासी गरेको थियो ।

संदिग्ध व्यक्तिले शरीरमा बम राखेको हुनसक्ने आशंका गरिएको थियो । तर, चेकजाँचका क्रममा उनको शरीरमा बम फेला परेन । त्यसपछि प्रहरीले उक्त बन्दुकधारीलाई गिरफ्तार गर्यो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?