+
+

हुन्डाइको नयाँ विद्युतीय कार आयोनिक ५ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १३:२८

काठमाडौं । नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ विद्युतीय गाडी आयोनिक–५ सार्वजनिक गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार आयोनिक–५ बिक्रीका लागि सबै तयारी पनि पूरा भइसकेको छ ।

‘स्टेट अफ दि आर्ट’ नयाँ इलेक्ट्रिक कारको लागि मात्रै सोरुम सञ्चालनमा ल्याएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । इभीको लागि मात्रै बन्ने सोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिक र आयोनिक ५ राखिने छ ।

इलेक्ट्रिक कार किन्ने ग्राहकलाई यो सोरुमले प्रिमियम अनुभव प्रदान गर्न सफल हुने विश्वास कम्पनीले लिएका छौं । कम्पनीले इभी बिक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तैयारी भइरहेको जनाएकव छ । कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।

कम्पनीका अनुसार नयाँ आयोनिक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ ।

हुन्डाइ आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ पाउन सफल भएको छ । आयोनिक–५ हुन्डाइको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड ईजीएमपी व्याट्री इलेक्ट्रिक भेहिकल प्लेटफर्म’मा बनेको हो ।

आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको कम्पनीले जनाएको छ । यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ ।

हुन्डाइको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनिक–५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?