+
+

युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका बन्द भएको छैन : चिनियाँ राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १४:४४

१२ फागुन, काठमाडौं । चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका बन्द नभएको र बन्द गर्न नहुने बताएको छ ।

राष्ट्र संघका लागि चिनियाँ राजदूत झाङ जुङले युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका पूरै बन्द नभएको र बन्द गर्न नहुने बताएका हुन् । त्यस्तै, उनले संकटमा संलग्न सबै पक्षलाई संयमित हुँदै अवस्था थप खराब हुनबाट रोक्नसमेत आग्रह गरेका छन् ।

‘युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका पूरै बन्द नभएको कुरामा चीनले विश्वास गरेको छ र पूरा बन्द गर्नु हुँदैन’, झाङले भने, ‘यतिबेला चीनले द्वन्द्व थप चर्कियोस् भनेर शान्ति एवं वार्तालाई आफ्नै तरिकाले प्रबर्द्धन गर्ने कार्यलाई जारी राख्ने छ ।’

युक्रेन संकटको जटिल इतिहास भएको र विभिन्न कारणले पछिल्लो अवस्था सिर्जना भएको पनि झाङले बताए ।

यता, राष्ट्रसंघका लागि रुसी राजदूतले सुरक्षा परिषद्को आतपकालीन बैठकमा बोल्दै युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही सुरु गर्ने आफूहरूको कदमको बचाउ गरेका छन् ।

‘वर्तमान संकटको जरो कैयौं वर्षदेखि मिन्स्क सम्झौताका प्रावधान लत्याउँदै आएको युक्रेनको आफ्‍नै क्रियाकलाप हो’, रुसी राजदूत भासिली अलेक्सीभिच नेबेन्याले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?