
१२, फागुन, चितवन । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-६ कि ६० वर्षीया चिजा नेपाली सार्कीको मृत्यु भएको हो ।
मध्यवर्ती क्षेत्रमा पर्ने डुमरिया पोष्ट नजिक घाँस लिन गएका बेला बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेपछि मृतको शव नजिकै बसेकोले निकुञ्जबाट हात्तीसहितको उद्दार टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय गीतानगरका प्रहरी नायव निरीक्षक ऋषि तिमिल्सिनाले बताए ।
घटनाको मुचुल्का गरी शवलाई भरतपुर अस्पताल ल्याउने तयारी गरिएको तिमिल्सिनाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4