+
+

अर्थतन्त्रमा देखिएका समस्याबारे सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १९:४१

१२ फागुन, काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधानका विषयमा सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकार र उद्योगी व्यवसायीहरुबीच छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठ, अर्थसचिव मधुमरासिनी लगायतका सरकारी अधिकारीहरु तथा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष कृष्ण अधिकारी, अर्का उपाध्यक्ष राजेश अग्रवाल सहभागी थिए । उद्योगी तथा सांसद विनोदकुमार चौधरी, बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संस्था बैंकर्स परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, उपाध्यक्ष भोजबहादुर शाह लगायत छलफलमा सहभागी थिए ।

छलफलमा अर्थतन्त्रलाई कसरी पुनरुत्थान गर्ने भन्ने विषयमा छलफल भएको सीएनआईका उपाध्यक्ष अधिकारीले बताए । उनका अनुसार दिउँसो २ बजे सुरु भएको छलफल तीन घण्टासम्म चलेको थियो । छलफलमा सबै उद्योगी व्यवसायीहरुले धारणा राखेका थिए ।

कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति राज्यले लिनु पर्ने उद्योगी गोल्यान, अधिकारी लगायतका बताएका थिए । छलफल पछि राज्यमन्त्री श्रेष्ठले अब निरन्तर उद्योगी व्यवसायीहरुसँग छलफल हुने बताएका छन् ।

छलफलपछि अनलाइनखबरसँग कुरा गर्दै अधिकारीले भने, ‘यो छलफल सुरुवात मात्रै हो, सामान्य कुरा मात्रै भयो, अब भने नियमित छलफल हुने मन्त्रीज्यूले बताउनु भएको छ ।’ राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्रीले भने अनुसार आफूले निजी क्षेत्रसँग छलफल थालिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?