+
+

फुटसलमा पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य (तस्वीरसहित )

कुशल तिमल्सिना चन्द्रबहादुर आले कुशल तिमल्सिना, चन्द्रबहादुर आले
२०७८ फागुन १३ गते १४:०८

१३ फागुन, काठमाडौं । एएफसी एसियन कप फुटसल छनोटका लागि नेपाली टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गरेको छ । यसअघिका दुई संस्करणमा जितविहीन नेपालले पहिलो अन्तर्राष्ट्रिय जितको लक्ष्य राखेको छ ।

सन् २०१७ र २०१९ मा गरी दुईपल्ट एएफसी एसियन कप फुटबल छनोट खेलेको नेपालले दुवै प्रतियोगितामा ६ खेल खेलेकोमा अहिलेसम्म जित्न सकेको छैन । यही वर्ष पहिलोपल्ट आयोजना भएको ए डिभिजन फुटसल लिगबाट छानिएका खेलाडीलाई आजदेखि बन्द प्रशिक्षण सुरु गरिएको छ ।

एसियाली फुटबल महासंघअन्तर्गत मध्य र दक्षिण एसियाली क्षेत्रको तल्लो वरीयताबाट सहभागिता जनाउने नेपालले यसपटक समूह बी मा एसियाली पावरहाउस उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानमा चैत १८ देखि बैशाख २ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले चैत २७ गते उज्वेकिस्तान, २८ गते ताजिकिस्तान र २९ गते अफगानिस्तानसँग खेल्दैछ ।

छनोट प्रतियोगितामा राम्रो तयारीका लागि मुख्य प्रशिक्षक गौरव बस्नेतले एन्फालाई तीन महिनाको प्रशिक्षण योजना पेस गरेका थिए । तर कोरोना महामारीलगायतका कारणले तोकिएको समयमा राष्ट्रिय टिम तयारी सुरु हुन सकेन । ‘तीन महिनाको प्रशिक्षण योजना एक महिनामा झरेको छ । महारथी टोलीसँग प्रतिस्पर्धा गर्न हामीलाई योपल्ट पनि धेरै नै कठिन हुनेछ’ प्रशिक्षक बस्नेतले अनलाइनखबरसँग भने, ‘भाग्यबस थाइल्याण्डमा एउटा आमन्त्रण प्रतियोगिताका लागि निम्ता आएको छ । छनोट प्रतियोगिता खेल्ने अन्य टोलीहरू पनि सहभागी हुने त्यो प्रतियोगिताले केहि सहज हुनेछ ।’

छनोट प्रतियोगितामा नेपालको समूहमा परेका अन्य टोलीहरूले दुई महिनाअघिदेखि नै तयारी गरिरहेका छन् । एक महिनाको तयारीबाट नेपालले धेरै आशा राख्न नहुने प्रशिक्षक बस्नेतले बताए । ‘एसियाकै दोस्रो स्थानको उज्वेकिस्तानले ७/८ वटा मैत्रीपूर्ण खेल खेलिसकेको छ । ताजिकिस्तान र अफगानिस्तानले पनि हामीभन्दा राम्रो तयारी गरेका छन् । यी टोलीहरूसँग हामीले यसअघि पनि खेलिसकेको हुनाले धेरै महत्वाकांक्षी हुनुहुँदैन । वास्तविकता हेर्दा हामी यसपल्ट कम्तिमा एउटा खेल जित्ने लक्ष्यमा हुनेछौं,’ प्रशिक्षक बस्नेतले थपे ।

थाइल्याण्डमा चैत १ गतेदेखि आमन्त्रण फुटसल कप आयोजना हुँदैछ । त्यस प्रतियोगितामा थाइल्याण्ड, ताजिकिस्तान, माल्दिभ्स, मंगोलिया, ओमान, इरानलगायतका टोलीहरू सहभागी हुने जानकारी पाएको अखिल नेपाल फुटबल संघका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिए । नेपालमा दुई साताको प्रशिक्षणपछि नेपाली टोली थाइल्याण्ड प्रस्तान गर्नेछ ।

बन्द प्रशिक्षणका लागि मैदान नै भएन

नेपालमा फुटसलको नामबाट भएका सबै गतिविधि मिनि फुटबलमात्र हुन् । फुटसलको वास्तविक नियम र मैदानमा गत असोजमा ए डिभिजन फुटसल लिग आयोजना भएको थियो । वास्तविक मापदण्डका फुटसल मैदान नेपालमै एउटा पनि नहुँदा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समस्या भएको छ ।

काठमाडौंको मिनि फुटबल कोर्टमा शुक्रबारदेखि बन्द प्रशिक्षण सुरु गरेको टोलीले चार दिनपछि मात्र वास्तविक मैदानमा प्रशिक्षण गर्नेछ । ‘काठमाडौंमा सबै मापदण्ड पुगेका मैदान नै पाएनौं । त्यसैले पोखरा कभर्डहलमै प्रशिक्षणको व्यवस्था मिलाउन लागेका छौं,’ राष्ट्रिय टोलीका म्यानेजरसमेत रहेका फुटसल प्रमुख गुरुङले भने । उपत्यकामा तीनवटा वास्तविक फुटसल मैदान छन् । तर ती मैदानहरू अन्तर्राष्ट्रिय मापदण्डका नहुँदा धेरै खेलाडीलाई एकैपल्ट प्रशिक्षण गराउन नसकिएको उनले बताए ।

असोजमा आयोजना भएको ए डिभिजन लिगको प्रदर्शन र यसअघिका राष्ट्रिय खेलाडीहरूको प्रदर्शनका आधारमा ३२ जनाको प्रारम्भिक टोली दुई महिनाअघि नै घोषणा गरिएको हो । प्रशिक्षक बस्नेतका अनुसार चार दिन काठमाडौंमा प्रशिक्षण गरेपछि २० जनाको टोलीले पोखरामा प्रशिक्षण गर्नेछ । थाइल्याण्ड जानुअघि १४ जना सम्मिलित अन्तिम टोली घोषणा गरिनेछ ।

नेपाली टोली

गोलरक्षक– अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जीव तामाङ र सुमितकुमार आले

फिक्सो (डिफेण्डर)– अरुज सिंह, विजय श्रेष्ठ, विक्कु तामाङ र सरोज तामाङ

एएलए (मिडफिल्डर)– आदिल हमिद, अमित लामा, जेनिश प्रजापती, किरण चौधरी, कृजल खड्का, मणिकुमार लामा, मनोज गुरुङ, रन्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ र उर्केन लामा

पिभोट (फरवार्ड)– अविनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवश मास्के र सुशान श्रेष्ठ

 

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?