+
+

२ दिनमै युक्रेनको राजधानी किएभ पुगे रुसी ट्याङ्क

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १६:००

१३ फागुन, काठमाडौं । हमला गरेको दोस्रो दिनमै रुसी ट्याङ्क युक्रेनको राजधानी किएभ पुगेका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा राजधानी किएभमा रुसी ट्याङ्क गुडिरहेको देखिन्छ । केही घण्टाअघि मात्रै युक्रेनको रक्षा मन्त्रालयले किएभको उत्तरी क्षेत्रबाट आवासीय जिल्लामा प्रवेश गरेको बताएको थियो ।

हाल किभएको बाहिरी क्षेत्रमा रुस र युक्रेनका सेनाबीच भिडन्त भइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । युक्रेनका गृहमन्त्रीका सल्लाहकार एन्टोन हेराशचेन्कोले आजको लडाइँ सबैभन्दा कठिन हुने बताएका छन् ।

यता अमेरिकी खुफिया एजेन्सीले किएभलाई घेराबन्दी गरी १० हजार विशेष फौज उतारेर हमला गर्ने रुसको योजना रहेको बताएको छ ।

एजेन्सीका अनुसार शहरमा प्रवेश गरेलगत्तै विशेष फौजले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, उनका मन्त्री र सांसदलाई समातेर शान्ति सम्झौतामा हस्ताक्षर गर्न बाध्य पार्ने र रुस अनुकूलको सत्ता खडा गर्नेछन् ।

जेलेन्स्कीले आफू रुसको मुख्य निशानामा रहेको बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?