+
+

प्रधानमन्त्रीसामु एमालेको शर्त : १४ सांसदलाई कारबाही वा सभामुखको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते २१:११

१३ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अनिर्णित नबस्ने बताएको छ । तर संसदमा उपस्थित भएर यसबारे छलफल गर्न आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखको राजीनामा शर्त भएको एमालेले बताएको छ ।

नेपाली कांग्रेसका नेताहरुसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका थिए ।

एमाले नेताहरुले एमसीसीबारे आफ्नो दल अनिर्णित नरहने बताएका छन् । ‘स्पष्ट ढंगले आफ्नो दिशा दिन्छ, तर त्यसका लागि एमालेले सदनमा छलफल गर्ने वातावरण बनाउनुपर्‍यो’, एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

संसदमा उपस्थित भएर छलफलमा भाग लिने वातावरण बनाउन एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?