+
+

सहकारीको सन्दर्भ ब्याजदर बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ११:१२

१५ फागुन, काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ ।

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो ।

गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो । सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर बडाइएको जानकारी दिए ।

यस अघि यस्तो ब्याजदर १४.७५ प्रतिशत थियो । सन्दर्भ ब्याजदर भनेको सहकारी संस्थाहरूका लागि तोकिने ब्याजदरको अधितम सीमा हो । अब सहकारी संस्थाहरुले १६ प्रतिशतसम्म ऋणमा ब्याजदर लिन सक्नेछन् । यसअघि विभागक तत्कालीन रजिष्ट्रार डा. टोकराज पाण्डेको कार्यकालमा सन्दर्भ ब्याजदर घटाएर १४.७५ प्रतिशत बनाइएको थियो ।

पछिल्लो समय बैंकहरूले निक्षेपमा ब्याजदर बढाएका छन् । बैंकहरूले ब्याजदर बढाउँदा यसको असर सहकारी क्षेत्रमा परेको थियो । भएको निक्षेपसमेत गुम्न थालेको भन्दै सहकारीकर्मीहरूले सन्दर्भ ब्याजदर बढाउनु पर्ने माग राख्दै आएका थिए ।

विभागले सहकारी संस्थाहरूले लिने व्यक्तिगततर्फको सेवा शुल्कलाई यथावत राख्दै संस्थागतको भने बढाएको छ । अब व्यक्तिगततर्फ १ प्रतिशत र संस्थागत तर्फ १.५ प्रतिशतसम्म सहकारी संस्थाहरूले सेवा शुल्क लिन पाउने विभागका राष्जिष्ट्रार पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?