+
+

‘गंगुबाई काठियावाडी’को बक्स अफिसमा सुखद् सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १५:५३
'गंगुबाई काठियावाडी'को एक दृश्यमा अभिनेत्री आलिया भट्ट

१५ फागुन, काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । ट्रेड तथा विश्लेषकहरुको अनुमान विपरीत चलचित्रले सुखद् कमाइ गरेको हो ।

सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेत्री आलिया भट्ट केन्द्रीय भूमिकामा छिन् । चलचित्रमा अजय देवगण, शान्तनु महेश्वरी, विजय राजलगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

‘गंगुबाई काठियावाडी’ले शुक्रबार १०.५० करोड भारुको व्यापार गरेको छ । अधिकांश बलिउड पण्डितहरुले शुक्रबार चलचित्रले ६ देखि ७ करोडको व्यापार गर्ने अनुमान गरेका थिए । यस्तै चलचित्रले शनिबार बक्स अफिसमा १३.३२ करोडको व्यापार गरेको छ । दुई दिनमा चलचित्रले २३.८२ करोडको कमाइ गरेको छ ।

चलचित्रको कथावस्तुलाई दर्शकले मन पराएका छन् । समीक्षकले अभिनेत्री आलिया भट्टको करिअरकैै उत्कृष्ट अभिनय भन्दै प्रशंसा गरिरहेका छन् । आइतबार भारतमा बिदा हुने भएकाले पनि चलचित्रले राम्रो कमाइ गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?