
१५ फागुन, काठमाडौं । आफूमाथि आक्रमण गरिरहेको रुसका प्रतिनिधिहरुसँग बेलारुसको सीमामा भेटवार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनोस्कीका अनुसार दुबई देशका प्रतिनिधिबीच युक्रेन र बेलारुसको सीमा नजिकै रहेको प्रेपियट नदीमा भेट हुनेछ ।
यसअघि युक्रेनका राष्ट्रपतिले बेलारुसी भूमिमा रुसी प्रतिनिधिलाई भेट्न अस्वीकार गरेका थिए ।
युक्रेनियन प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फिर्ता अवधिभर बेलारुसी भूमिमा रहेका सबै विमान, हेलिकप्टर र मिसाइलहरु जमिनमै रहने ग्यारेन्टी बेलारुसका राष्ट्रपतिले गरेको उनले बताएका छन् । यसबारे रुस र बेलारुसले भने केही बोलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4