+
+

८ क्लबको संयुक्त विज्ञप्ति : स्वीकृतिबिना अन्य प्रतियोगिता र क्लबमा खेल्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते २०:३२

१५ फागुन, काठमाडौं। ए डिभिजन लिग खेल्ने ८ क्लबले संयुक्त विज्ञप्ति जारी गर्दै क्लबको स्वीकृति बिना अन्य प्रतियोगिता र क्लबमा आबद्ध नहुन खेलाडीलाई आग्रह आग्रह गरेको छ ।

लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित ८ क्लबले आइतबार प्रेस विज्ञप्ति निकाल्दै ए लिगका लागि क्लबमा दर्ता भएका खेलाडीलाई क्लबको स्विकृति बिना अन्य क्लबमा आबद्द नहुन आग्रह गरेको छ ।

मछिन्द्रसंगै एनआरटी, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब रहेका छन् । विज्ञप्तीमा सबै क्लबको पदाधिकारीको हस्ताक्षर रहेको छ ।

यस्तै आठ क्लबले क्लबको अनुमति बिना आफ्ना खेलाडीलाई करारमा सम्झौता नगर्न अन्य क्लबलाई आग्रह गरेको छ ।

मोफसलको प्रतिष्ठित प्रतियोगिता खेल्ने तयारी गरिरहेको जनाउँदै आठ क्लबले खेलाडी र अन्य क्लबलाई खेलाडी अनुबन्ध गर्दा क्लबको स्वीकृतिमा गर्न आग्रह गरेको हो ।

हेर्नुस् ८ क्लबको संयुक्त विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?