
१६ फागुन, काठमाडौं । कानुन व्यवसायी वासुदेव फुलाराको संघर्ष कथामा आधारित उपन्यास ‘वासुदेव’ सार्वजनिक गरिएको छ । उपन्यासलाई साहित्यकार भीष्मराज फुलाराले लेखेका हुन् । उनी वासुदेवका भाइसमेत हुन् ।
अमेरिका निवासी आफ्नाा दाजु वासुदेव फुलाराको संघर्ष कथामा उपन्यास ल्याउन पाउँदा खुसी लागेको साहित्यकार फुलाराले बताए । यो उनको चौथो कृति हो ।
पुस्तक लोकार्पण कार्यक्रममा समालोचक ज्ञाननिष्ठ ज्ञवालीले उपन्यासमा संघर्ष, प्रेम र उद्देश्यको त्रिवेणी रहेको बताए । यस्तै साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले संघर्षशील युवाको जीवन कथामा आधारित भएर लेखिएको उपन्यास फरकधारको अब्बल कृति भएको बताए । यस्ता कृतिले युवावर्गलाई संघर्ष गर्न अभिप्रेरित गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा लेखक फुलाराले आफूले साहित्यमा लागेर अपार आनन्द पाएको बताए भने लेखकका दाजु वासुदेव फुलाराले आफ्नो संघर्षको कथा उपन्यासमा आएपनि यो धेरै युवाको कथा भएको उल्लेख गरे ।
२४४ पुष्ठको ‘वासुदा’ उपन्यासको मूल्य बाक्लो गाताको ५५० र साधारण गाताको ३५५ रुपैयाँ तोकिएको छ ।
साहित्यकार फुलाराका यसअघि ‘टुहुरो कुण्डली’ र ‘नफापेको मान्छे’ उपन्यास बजारमा आइसकेका छन् ।
प्रतिक्रिया 4