+
+

पूर्वी अष्ट्रेलियामा भीषण बाढी, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १३:५०

१६ फागुन, काठमाडौं । अष्ट्रेलियामा वर्षापछि  भीषण बाढी आएको छ । बाढीमा परी ८ जनाले ज्यान गुमाइसकेका छन् ।

पूर्वी अष्ट्रेलियामा निरन्तरको वर्षापछि आएको बाढीमा परी ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बाढीमा परी ज्यान गुमाउने सबै क्विन्सल्याण्ड राज्यका हुन् । प्रहरीले बाढीमा बेपत्ता भएका एक व्यक्तिको खोजी कार्य गरिरहेको छ ।

न्यू साउथ वेल्सको लिस्मोर नगरस्थित एक नदीको बहाव वर्षापछि आफ्नो किनाराभन्दा ४७ फिट माथि आएको छ । उक्त नगरबाट १५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको

अधिकारीहरूले बताएका छ । ब्रिस्बेन नदीमा आएको बाढीले समेत क्षति गरेको छ ।

सोमबार अष्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिस्बेन जलमग्न भएको छ । उक्त सहर र वरपरका क्षेत्रमा २०११ यताकै खराब बाढी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?