+
+

सेयर बजार ४३ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १६:१३

१६ फागुन, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारको सुरुवाती केही घण्टा बढेको बजार अन्ततः ४३.१२ अंकले घटेर २६१०. ५८ को बिन्दुमा आएको छ ।

सोमबार कारोबारमा आएका सबै उपमसमूह राताम्मे रह्यो । दोस्रो बजारमा कारोबारमा आएका २२७ कम्पनीमध्ये ७ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

सोमबार कुल कारोबार रकम ३ अर्ब ६६ करोडमा सीमित हुँदा तनहुँ पावर कम्पनी र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य सर्किट लेवलमा घट्दा लगानीकर्ताले धेरै गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?