+
+

सर्वोच्चले माग्यो एमसीसीविरुद्धको रिट दरपीठ हुनुको कारण

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १७:४६

१६ फागुन, काठमाडौं । सर्वोच्च अदालतले एमसीसी सम्झौता सम्बन्धी रिट निवेदन अस्वीकृत (दरपीठ) गर्नुको कारण सहितको प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।

सरकारले एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गरेपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रस्ताव संसदमा पेश गर्नु कानुन विपरीत हुने भन्दै सर्वोच्चमा रिट दिएका थिए । तर उक्त रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

सो दरपीठको आदेशविरुद्ध वरिष्ठ अधिवक्ता भण्डारीले दिएको निवेदनमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दरपीठ हुनुको आधार र कारण उल्लेख गरिएको कैफियत प्रतिवेदन पेश गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको हो ।

अब सर्वोच्च प्रशासनले एमसीसी सम्झौता सम्बन्धी रिट निवेदन दरपीठ गर्नुको आधार र कारण समेत खुलाएर इजलासमा प्रतिवेदन पेश गर्नेछ । त्यसका आधारमा सर्वोच्च अदालतले रिट निवेदन दरपीठ गर्नु उचित हो कि होइन भनी टुंग्याउनेछ ।

दरपीठ आदेश सदर भएमा रिट निवेदन दर्ता हुने छैन । तर दरपीठको निर्णय बदर हुने भनी आदेश गरेमा फेरी रिट निवेदन सर्वोच्च अदालतमा दर्ता हुनेछ र प्रक्रिया अघि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?