+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

निफको पाँचौं संस्करण चैत १७ देखि काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:२५

१६ फागुन, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत तेस्रो साता काठमाडौंमा हुने भएको छ ।

आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत १७ देखि २१ गतेसम्म निफको पाँचौं संस्करणको आयोजना हुने जानकारी दिएको हो । महोत्सव काठमाडौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

कोरोना महामारीका कारण यसअघि चौथो संस्करण भर्चुअल रुपमा गरिएको भएपनि यसपटक भौतिक रुपमै आयोजना गरिने निफका अध्यक्ष केपी पाठकले बताए । पत्रकार सम्मेलनमा महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले राज्यले गर्नुपर्ने चलचित्रसम्बन्धी अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु ठूलो कुरा भएको बताए । उनले बोर्डले निफलाई सरकारीस्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको पनि बताए ।

महोत्सवले विश्वसामु नेपाली चलचित्रको प्रवर्द्धन गर्दै नेपाली पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

महोत्सवमा ३८ देशका ८९ चलचित्र सहभागी हुनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने पनि जनाइएके छ । यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?