+
+

निफको पाँचौं संस्करण चैत १७ देखि काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:२५

१६ फागुन, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत तेस्रो साता काठमाडौंमा हुने भएको छ ।

आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी चैत १७ देखि २१ गतेसम्म निफको पाँचौं संस्करणको आयोजना हुने जानकारी दिएको हो । महोत्सव काठमाडौंको राष्ट्रियसभा गृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

कोरोना महामारीका कारण यसअघि चौथो संस्करण भर्चुअल रुपमा गरिएको भएपनि यसपटक भौतिक रुपमै आयोजना गरिने निफका अध्यक्ष केपी पाठकले बताए । पत्रकार सम्मेलनमा महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले राज्यले गर्नुपर्ने चलचित्रसम्बन्धी अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु ठूलो कुरा भएको बताए । उनले बोर्डले निफलाई सरकारीस्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको पनि बताए ।

महोत्सवले विश्वसामु नेपाली चलचित्रको प्रवर्द्धन गर्दै नेपाली पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

महोत्सवमा ३८ देशका ८९ चलचित्र सहभागी हुनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने पनि जनाइएके छ । यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?