+
+

गैरसरकारी संस्थामार्फत चार महिनामा भित्रियो २९ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:५६
फाइल तस्वीर

१६ फागुन, काठमाडौं । सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरूमार्फत् २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै पछिल्लो चार महिनाको अवधिमा २९ अर्ब वैदेशिक सहायता भित्रिएको बताएकी हुन् ।

‘म आउनुभन्दा पहिला वैदेशिक सहयोग झण्डै नौ अर्ब भित्रिएको थियो । मैले कार्यभार समालेको दिनदेखि चार महिनामा २९ अर्ब जति वैदेशिक सहयोग भित्रिएको अवस्था छ ।’ मन्त्री रग्मीले भनिन् ।

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले गैरसरकारी संस्थाहरूमा अपारदर्शीता बढेको भन्दै सरकारको ध्यानाकर्षण गरे । उनले नेपालमा गैरसहकारी संस्थामा बजेट कहाँबाट कसरी आउँछ ? सरकारले यसको नियमन गर्नुपर्ने बताए ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले अहिले समाज कल्याण परिषद्लाई भूमिकाविहीन बनाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाए । उनले पछिल्लो चार महिनामा २९ अर्ब वैदशिक सहयोग कसरी आयो भनेर मन्त्री रेग्मीलाई प्रश्न गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकारसँग गैरसरकारी संस्थाहरूको एकिन डाटा नभएको बताए । गृह मन्त्रालयले त्यसको डाटा लिने काम गरे पनि नवीकरण नगरी खारेज हुने संस्थाहरूका कारण एकिन तथ्याङ्क नभएको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?