
१७ फागुन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिर पुगेका छन् । उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न गएको उनको सचिवालयले जनाएको छ ।
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रवन्ध र सो क्षेत्रको सुरक्षा व्यवस्थाबारेसमेत उनले जानकारी लिएका थिए ।
पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् ।
तस्वीर : शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4