
१७ फागुन, काठमाडौं । कोरोना महामारीको तेस्रो लहर कम हुँदै गएपछि नेपाली निर्माताहरुले धमाधम चलचित्रको प्रदर्शन मिति तय गर्न थालेका छन् । ‘म यस्तो गीत गाउँछु २’ले हलमा दर्शक तान्न सफल भएपछि उत्साहित बनेका निर्माताहरुले आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्दै प्रचार पनि सुरु गरेका छन् ।
यसैबीच, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘द सेक्रेट अफ राधा’को पनि प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रलाई आगामी वर्षको भदौ २४ गतेबाट देशभरका हलमा रिलिज गरिने निर्देशक सुवर्ण थापाले जानकारी दिए ।
यो चलचित्र ‘पानी फोटो’ रिलिज भएको दुई सातापछि रिलिज हुनेछ । सुवर्णले नै निर्देशन गरेको अर्को चलचित्र ‘म’को प्रदर्शन मिति जेठलाई तोकिएको छ ।
‘राधा’को छायांकन काठमाडौं र चित्लाङका विभिन्न रमणीय स्थानमा गरिएको छ । सौगात मल्लको समेत लगानी रहेको यो चलचित्रमा मेनुका प्रधानको पनि मुख्य भूमिका छ ।
प्रतिक्रिया 4