+
+

आईएमईको ‘होस्टेमा हैंसे’ अफर सार्वजनिक

दैनिक, साप्ताहिक र बम्पर उपहारको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १२:२३

काठमाडौं । आईएमईले सेवाग्राहीका लागि ‘होस्टेमा हैंसे’ अफर सार्वजनिक गरेको छ । बैंक डिपोजिट गर्ने ग्राहकलाई लक्षित गरी होस्टेमा हैंसे अफर सार्वजनिक गरिएको आईएमईले जनाएको छ । सेवाग्राहीमुखी उक्त अफर मंगलबार ( १७ फागुन)देखि १७ चैत्रसम्म लागू हुनेछ ।

काठमाडौंको पानीपोखरीस्थित आईएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका वीच अफर सार्वजनिक गरिएको हो ।

अफर अन्तर्गत नेपाल भरी जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आईएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ । अफर अवधिमा हरेक दिन पाँच (५) जनालाई एक हजार रुपैयाँ, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई २५ हजार र बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई १ लाख ५० हजार रुपैयाँ रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीहरूले आईएमईप्रति दर्शाउँदै आएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्दै यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आईएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् । आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ । योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित रहनेछ ।

योजनाको अध्यावधिक जानकारी कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?